Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा१४.१७ अङ्कको वृद्धि ,कारोबार रकम ४.६९ अर्बमा सीमित

काठमाडौं,आज  बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक इन्ट्राडे करेक्सनपछि पुनः सुधार हुँदै १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा बन्द भएको छ। लगातार ६ कारोबार दिनको वृद्धि पछि अघिल्लो दिन आएको करेक्सनपछि बजारले अन्तिम…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं,आज  बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक इन्ट्राडे करेक्सनपछि पुनः सुधार हुँदै १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा बन्द भएको छ। लगातार ६ कारोबार दिनको वृद्धि पछि अघिल्लो दिन आएको करेक्सनपछि बजारले अन्तिम समयमा सकारात्मक लय समातेको हो।


यस दिन सेन्सेटिभ इन्डेक्स ०.९८ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२९ अंकले उकालो लागेको छ।
बजार परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३३८ वटा स्टकको ५७ हजार ७८२ पटकको कारोबारबाट ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ७७ हजार कित्ता शेयर किनबेच भएको छ।
शेयर मूल्य वृद्धितर्फ एभरेष्ट कलर लिमिटेडले लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट कायम गर्दै ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा कारोबार बन्द गर्यो। स्नो रिभर्सको शेयर मूल्य १३.५ प्रतिशतभन्दा बढी र एपोलो हाइड्रोपावरको शेयर मूल्य ११ प्रतिशतले बढ्यो। विपरीत रूपमा, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको करिब २७ करोड ५० लाख रुपैयाँ र रिडी पावरको करिब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
उपसमूहगत प्रदर्शनमा १३ मध्ये ११ उपसमूह हरियालीमा रहे भने दुई उपसमूह घटेका छन्। व्यापार उपसमूह सर्वाधिक २.५८ प्रतिशतले बढ्दा जलविद्युत उपसमूह १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता लगानी र अन्य उपसमूहका परिसूचक भने सामान्य अंकले घटेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/