spot_img
25.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारआईपीओ निष्काशन गर्ने तयारीमा ह्याम्स अस्पताल

आईपीओ निष्काशन गर्ने तयारीमा ह्याम्स अस्पताल

काठमाडौं – हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले आईपीओ निष्काशनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ ।

अस्पतालको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजे वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो ।

सभामा सर्वसाधारण समूहलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने, आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा र अस्पतालको प्रबन्धपत्र/नियमावली संशोधन गर्ने तथा आईपीओ निष्काशनका लागि फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश हुनेछ।

त्यसैगरी अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्ने लगायतका एजेण्डा रहेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here