Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा ७.५० अङ्कको सुधार, कारोबार रकम ४ अर्ब ५६ करोड नाघ्यो

काठमाडौं, चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि देखिएको सकारात्मक लयलाई निरन्तरता दिँदै बिहीबार नेप्से ७.५० अंकले बढेर…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं, चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि देखिएको सकारात्मक लयलाई निरन्तरता दिँदै बिहीबार नेप्से ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.९२ अंकले वृद्धि भएको छ। साथै, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंकले बढेका छन्।
बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। बुधबार ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३७१ स्टकका ३९ हजार ५९५ कारोबारमार्फत ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ पुगेको छ।
मूल्य वृद्धितर्फ एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १४.९६ प्रतिशतले बढेको छ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य पनि करिब १४.५ प्रतिशतले बढेको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.७७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रह्यो। कम्पनीको २४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २२ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
१३ उपसमूहमध्ये ९ उपसमूह हरियालीमा बन्द भएका छन् भने ४ उपसमूहमा गिरावट आएको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशतले बढेको छ। लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। वित्त, होटल तथा पर्यटन, जलविद्युत तथा उत्पादन एवं प्रशोधन उपसमूहका परिसूचक भने सामान्य रूपमा घटेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/