Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा दोहोरो अङ्कको वृद्धि ,कारोबार रकम ४.१७ अर्बमा सीमित

काठमाडौं,  असार मसान्तको प्रभाव कम हुँदै जाँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि हरियालीमै बन्द भएको छ। अघिल्लो कारोबार दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै नेप्से १४.०० अंकले बढेर २,५९०.२९ विन्दुमा पुगेको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं,  असार मसान्तको प्रभाव कम हुँदै जाँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि हरियालीमै बन्द भएको छ। अघिल्लो कारोबार दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै नेप्से १४.०० अंकले बढेर २,५९०.२९ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.५९ अंकले वृद्धि भएको छ। त्यस्तै, फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंकले उकालो लागेको छ। असार मसान्तसँग सम्बन्धित दबाब कम भएसँगै बजारमा सकारात्मक वातावरण देखिन थालेको विश्लेषण गरिएको छ।
यद्यपि, परिसूचक बढे पनि कारोबार रकममा भने उल्लेखनीय कमी आएको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३६२ वटा स्टकको ३८ हजार ८३६ पटकको कारोबारमार्फत ८४ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ। पछिल्ला दिनको तुलनामा ऋणपत्र कारोबार घटेकाले कुल कारोबार रकममा कमी आएको हो।
मूल्य वृद्धिका आधारमा एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० शीर्ष स्थानमा रहँदै ९.२० प्रतिशतले बढ्यो। त्यसपछि नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ८.५ प्रतिशत तथा थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब ६.५ प्रतिशतले उकालो लाग्यो। विपरीत रूपमा, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.३२ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो।
कारोबार रकमका आधारमा १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ अग्रस्थानमा रह्यो, जसको ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भयो। साथै, ७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ को ३३ अर्ब रुपैयाँभन्दा बढी तथा १०.२५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८३/८४ को करिब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये ११ उपसमूहका परिसूचक बढेका छन् भने १ उपसमूह घटेको छ। विकास बैंक उपसमूह सबैभन्दा धेरै १.३७ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेको छ। लगानी उपसमूह सामान्य घटेको छ भने म्युचुअल फण्ड उपसमूह स्थिर रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/