Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

झिनो अङ्कले घट्यो नेप्से, कुल कारोबार रकममा भने वृद्धि

काठमाडौं,  साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि गिरावट आएको बजारले शुक्रबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो। यस दिन…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं,  साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि गिरावट आएको बजारले शुक्रबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १.१३ अंकले घट्दै २६००.७८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.५८ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा शुक्रबार ३६७ स्टकको ५३ हजार ४३२ पटकको कारोबारमार्फत ६ अर्ब ८६ करोड ७ लाख १८ हजार रुपैयाँबराबरको धितोपत्र खरिदबिक्री भएको छ। ऋणपत्रको उच्च कारोबारका कारण कुल कारोबार रकममा वृद्धि भएको हो।
कारोबार रकमका आधारमा शीर्ष १० स्टकमध्ये ९ वटा ऋणपत्र रहेका छन्। सबैभन्दा बढी करिब ९० करोड रुपैयाँबराबरको ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ कारोबार भएको छ। त्यसपछि करिब ७० करोड रुपैयाँबराबरको ८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ किनबेच भएको छ। साथै ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को कारोबार २८ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशत र कालंगा हाइड्रोको शेयरमूल्य करिब ७ प्रतिशतले उकालो लागेको छ। विपरीत रूपमा, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ।
उपसमूहतर्फ १३ मध्ये ६ उपसमूहका परिसूचक बढेका छन् भने ७ उपसमूहमा गिरावट आएको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२७ प्रतिशतले बढेको छ। यसबाहेक लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड तथा निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/