काठमाडौं, साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १९.६७ अंकले ओरालो लाग्दै २६०१.९२ विन्दुमा कायम भएको हो।

आज कारोबार भएका सबै १३ उपसमूहको परिसूचक नकारात्मक रहे। तीमध्ये व्यापार उपसमूहमा सबैभन्दा धेरै २.३६ प्रतिशतको गिरावट देखियो। विकास बैंक, उत्पादन तथा प्रशोधन तथा म्युचुअल फण्ड उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।
कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी आएको छ। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।
व्यक्तिगत कम्पनीतर्फ उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै १२.६८ प्रतिशतले बढ्यो। त्यसपछि स्नो रिभर्सको सेयरमूल्य ११.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धि भने ६ प्रतिशतभन्दा कममा सीमित रह्यो।
यता, बिओके डिबेञ्चर २०८६ ‘क’ को मूल्य सबैभन्दा धेरै ८.६६ प्रतिशतले घटेको छ।




