spot_img
25.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजाररोकिएन नेप्सको ओरालो यात्रा, कारोबार रकम ३ अर्बभन्दा कम

रोकिएन नेप्सको ओरालो यात्रा, कारोबार रकम ३ अर्बभन्दा कम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार पनि ओरालो लाग्दै लगातार चौथो कारोबार दिन घटेर बन्द भएको छ। पछिल्ला केही दिनदेखि देखिएको बजारको कमजोर प्रवृत्ति यस दिन पनि कायम रह्यो।

बिहीबार नेप्से परिसूचक ८.५० अंकले घटेर २,६५१.५२ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ०.६४ अंक, फ्लोट इन्डेक्स ०.४१ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले घटेका छन्।

कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार ३३८ कम्पनीका ६४ लाख ८० हजारभन्दा बढी कित्ता शेयर ४६ हजार ७५१ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

यस दिन दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरका लगानीकर्ताले अधिकतम लाभ प्राप्त गरेका हुन्। त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब १३ प्रतिशतले बढ्दा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता, भुजुङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। सो कम्पनीको शेयर मूल्य ११.०३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स अग्रस्थानमा रह्यो। कम्पनीको १२ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको १२ करोड रुपैयाँभन्दा बढी तथा सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये केवल एक उपसमूह हरियो रहँदा बाँकी १२ उपसमूहमा गिरावट देखिएको छ। उत्पादन तथा प्रशोधन उपसमूह सामान्य अंकले बढेको भए पनि व्यापार उपसमूह सर्वाधिक १.९६ प्रतिशतले घटेर दिनको सबैभन्दा कमजोर प्रदर्शन गर्ने उपसमूह बनेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here