Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रतिकित्ता १६५ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर लिलामीमा

काठमाडौं — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको ३ लाख २० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँमै शेयर बिक्रीमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको ३ लाख २० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो। यसमा कम्पनीका संस्थापक शेयरधनी सहित सर्वसाधारण लगायत इच्छुक सबैले खरीद गर्न सक्नेछन्। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

यसमा आज असार १० गतेदेखि असार १८ गते बोलपत्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा प्राप्त गर्न र पेश गर्न सकिनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/