Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आउने क्रम बुधबार पनि जारी रह्यो। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको बजार यस दिन पनि नकारात्मक अवस्थामा बन्द भएको हो। बुधबार नेप्से परिसूचक १४.४५…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आउने क्रम बुधबार पनि जारी रह्यो। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको बजार यस दिन पनि नकारात्मक अवस्थामा बन्द भएको हो।

बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्दै २६६०.०२ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.६० अंक, फ्लोट इण्डेक्स ०.९८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ

बजार परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिन ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३३८ वटा कम्पनीको ७२ हजार ९१७ पटकको कारोबारमार्फत १ करोड ७ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ पुगेको छ।

यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा कारोबार भयो। दुवै कम्पनीको शेयर मूल्य ५९ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य १४.५ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा सिवाईसी नेपाल लघुवित्तको मूल्य करिब १० प्रतिशतले बढेको छ।

उता, सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य सर्वाधिक ५.०५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्सको कारोबार रकम १७ करोड रुपैयाँ नाघ्दा युनाइटेड मोदी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

उपसमूहतर्फ हेर्दा १३ मध्ये २ उपसमूहका सूचक बढेका छन् भने ११ उपसमूहका सूचक घटेका छन्। वित्त तथा व्यापार उपसमूहमा सामान्य सुधार देखिएको छ। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.१० प्रतिशतले घट्दा ‘अन्य’ उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

समग्रमा बजार परिसूचक घटे पनि कारोबार रकममा देखिएको वृद्धि तथा केही जलविद्युत कम्पनीका शेयरमा आएको सकारात्मक सर्किटले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/