काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २६७४.४८ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको शेयर मूल्य १.२८ प्रतिशत र हाइड्रोपावरको १.६३ प्रतिशतले घटेको छ ।
मंगलबार २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन आँखुखोला जलविद्युत कम्पनी, सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ्ग मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, बुंगल हाइड्रोको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यसपछि शिवम् सिमेन्ट, ७% एनआईसी एशिया डिबेन्चर २०९१, नेशनल हाइड्रोपावर कम्पनी, साहस ऊर्जा लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडको शेयर अधिक खरीद बिक्री भएको छ।
कारोबार समेत निरन्तर सुस्त बन्दै गएको छ । आज ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।




