Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से सामान्य अंकले घट्दा कारोबार रकममा पनि सामान्य कमी

काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घट्दै बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सामान्य सुधार देखिएको बजार सोमबार भने पुनः सामान्य गिरावटतर्फ फर्किएको हो।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं, साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घट्दै बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सामान्य सुधार देखिएको बजार सोमबार भने पुनः सामान्य गिरावटतर्फ फर्किएको हो।

यस दिन नेप्से परिसूचक १.४६ अंकले घटेर २,७००.६५ विन्दुमा कायम भएको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ। फ्लोट इण्डेक्स भने अघिल्लो दिनकै स्तरमा स्थिर रहेको छ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ३५३ वटा कम्पनीका ९० हजार ८६२ पटक भएका कारोबारमार्फत ८१ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। टक्सार पिखुवा खोला हाइड्रोपावरयाम्बालिङ्ग हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको हो। यी दुवै कम्पनीको शेयर गत शुक्रबार मात्रै नेप्सेमा सूचीकृत भएको थियो र सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो।

त्यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब ७.५ प्रतिशतले वृद्धि भएको छ भने सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य ५.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, घट्ने कम्पनीहरूको शेयर मूल्यमा भने अधिकतम गिरावट ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स सबैभन्दा अगाडि रह्यो। कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम ३० करोड रुपैयाँभन्दा बढी पुगेको छ। साथै १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को करिब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये ३ उपसमूह हरियो सूचकमा रहे भने १० उपसमूह राताम्मे बने। वित्त उपसमूह सर्वाधिक १.०१ प्रतिशतले बढ्दा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ५६.२१ अंकले घटेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/