Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त रहेको थियो। सोही रिक्त पदमा सरकारले भट्टलाई नियुक्त गरेको हो।

श्रेष्ठ २०८१ मंसिर १० गतेदेखि चार वर्षे कार्यकालका लागि सेबोनको अध्यक्ष बनेका थिए। तर कार्यकाल पूरा हुनुअघि नै उनले पद छाडेपछि बाँकी अवधिका लागि नयाँ अध्यक्ष चयन गरिएको हो।

सरकारको निर्णयअनुसार भट्टले श्रेष्ठको बाँकी कार्यकाल पूरा गर्नेछन्। यसअनुसार उनको कार्यावधि २०८५ मंसिर ९ गतेसम्म रहनेछ। अर्थात् उनले करिब साढे दुई वर्ष सेबोनको नेतृत्व सम्हाल्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/