Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

झिनो अङ्कले बढ्यो नेप्से ,कारोबार रकम ४ अर्ब ५३ करोड नाघ्यो

काठमाडौं — साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १.६३ अंकले वृद्धि हुँदै २७०२.११ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.११ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले बढेका…


विज्ञापनAdvertisement Banner
2 min read
काठमाडौं — साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १.६३ अंकले वृद्धि हुँदै २७०२.११ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.११ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले बढेका छन्।

कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा शुक्रबार ३५३ वटा स्टकको ६१ हजार १७० पटकको कारोबारमार्फत ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन एपोलो हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य ११९ रुपैयाँ ४० पैसा बढेर ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी, सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य १४ प्रतिशतले वृद्धि भएको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ अग्रस्थानमा रहेको छ। उक्त डिबेञ्चरमा ३३ करोड ११ लाख २२ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस्तै, ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ मा ३२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने सोपान फर्मास्यूटिकल्सको शेयर कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।

उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ७ उपसमूह हरियो भएका छन् भने ६ उपसमूहमा गिरावट देखिएको छ। वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहमा सामान्य वृद्धि भएको छ। अन्य उपसमूहहरूमा भने सामान्य गिरावट देखिएको छ।

समग्रमा, कारोबारको अन्तिम चरणमा आएको सुधारका कारण नेप्से सकारात्मक बन्द हुनुका साथै कारोबार रकममा समेत उल्लेखनीय वृद्धि देखिएको दिन बनेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/