Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पुँजी बजार निरन्तर सुस्तः कारोबार साढे ३ अर्बमा सीमित

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०६ अकंले घटेर २७०० बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०६ अकंले घटेर २७०० बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

८ उपसूचक घटेको छ भने ५ उपसूचकमा सुधार देखिएको छ । बिहिबार ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

जसमध्ये आँखुखोला जलविद्युत कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्ग्स, बुंगल हाइड्रो, सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सिटी होटल, एनआरएन, सेन्ट्रल फाइनान्स र नेशनल हाइड्रो पावरको शेयर सर्वाधिक कारोबार भएको छ।

बिहिबार दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज एपोलो हाइड्रोपावर र सोपानको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आत्मनिर्भर लघुवित्तको १२.५३ प्रतिशत, बुगंल हाइड्रोको ८.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/