
काठमाडौँ– नेपाल आयल निगमले काठमाडौँका विभिन्न पाँच स्थानबाट आज खाना पकाउने एलपी ग्यास वितरण गर्ने भएको छ।
निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्न लागिएको हो। निगमले यसका लागि पाँचवटा स्थान तोकेको जनाएको छ।
निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ।
त्यस्तै, यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी ग्यास वितरण गरिनेछ। राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास बिक्री गरिने निगमले जनाएको छ।
राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, भानु र ओम ग्यास तथा पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिनेछ।
निगमका अनुसार अत्यावश्यक परेका उपभोक्ताले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएका स्थानमा ग्यास खरिद गर्न सक्नेछन्। ग्यास बिक्रीको समय बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री वितरण गरिरहेको पनि स्पष्ट पारेको छ।






Leave a Reply