Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निभ कर्पाेरेशनले आईपीओ निष्काशन गर्ने

काठमाडौं — निभ कर्पाेरेशन लिमिटेडको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको छ। विशेष साधारणसभा आउँदो असार १४ गते आइतबारका दिन दाङको तुल्सीपुर–७ स्थित…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — निभ कर्पाेरेशन लिमिटेडको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको छ।

विशेष साधारणसभा आउँदो असार १४ गते आइतबारका दिन दाङको तुल्सीपुर–७ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि बस्ने गरी आह्वान गरिएको हो।

उक्त सभाले सर्वसाधारणका लागि कम्पनीको साधारण शेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र भविष्यमा नियामक निकायबाट थप कुनै संशोधन, थपघट वा परिमार्जन गर्नका लागि राय, सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/