Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि जारी गिरावटको क्रम सोमबार पनि रोकिएन। यस दिन नेप्से परिसूचक २०.२७…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि जारी गिरावटको क्रम सोमबार पनि रोकिएन।

यस दिन नेप्से परिसूचक २०.२७ अंकले घट्दै २७३५.१४ विन्दुमा झरेको छ। बजारसँगै सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.२४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंकले ओरालो लागेको छ

कारोबार रकममा पनि उल्लेखनीय कमी देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ३५६ कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर ५६ हजार ८४५ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ।

बजार घटेका बेला पनि केही कम्पनीका शेयरमा उत्साहजनक वृद्धि देखियो। कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य लगातार दोस्रो दिन सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा पुगेको छ। त्यसैगरी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १३ प्रतिशतभन्दा बढी बढ्दा सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य १० प्रतिशतले उकालो लागेको छ।

उता, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहेको छ। कम्पनीको शेयरमा २० करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ मा १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने आँखु खोल जलविद्युत कम्पनीको कारोबार रकम १३ करोड ५० लाख रुपैयाँभन्दा माथि पुगेको छ।

उपसमूहतर्फ हेर्दा १३ मध्ये केवल एक उपसमूह हरियो रहँदा बाँकी १२ उपसमूह राताम्मे बनेका छन्। वित्त उपसमूह सामान्य अंकले बढेको भए पनि व्यापार उपसमूह सर्वाधिक १.७७ प्रतिशतले घटेको छ। विकास बैंक र अन्य उपसमूहहरू पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

लगातारको गिरावटसँगै लगानीकर्तामा सतर्कता बढेको देखिएको छ भने कारोबार रकममा आएको कमीले बजारमा खरिद चाप कमजोर रहेको संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/