Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पाँच वर्षदेखि रोकिएको लाभांश लिन युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीलाई अन्तिम अवसर

काठमाडौं — युनाइटेड मोदी हाइड्रोपावरले विगतका आर्थिक वर्षमा वितरण गरेको तर हालसम्म पनि शेयरधनीहरूले प्राप्त नगरेको नगद लाभांश दाबी गर्न सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — युनाइटेड मोदी हाइड्रोपावरले विगतका आर्थिक वर्षमा वितरण गरेको तर हालसम्म पनि शेयरधनीहरूले प्राप्त नगरेको नगद लाभांश दाबी गर्न सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ।

कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को नगद लाभांश अझैसम्म धेरै सेयरधनीले नबुझेको जनाएको छ। कम्पनीका अनुसार उक्त लाभांश रकम वितरण भएको पाँच वर्षभन्दा बढी समय बितिसकेकाले प्रचलित कानुनी व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

कम्पनी ऐन, २०६३ तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ मा तोकिएको व्यवस्था अनुसार निश्चित अवधिसम्म दाबी नगरिएको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार नदाबी गरिएको रकम कोषमा पठाउनुपर्ने भएकाले सम्बन्धित सेयरधनीलाई समयमै प्रक्रिया पूरा गर्न कम्पनीले अनुरोध गरेको हो।

कम्पनीले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो सेयर रजिस्ट्रार सिटिजन्स क्यापिटलमा सम्पर्क गरी बाँकी रहेको नगद लाभांश प्राप्त गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/