Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से परिसूचक २२.२१ अंकले वृद्धि

काठमाडौं,साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा सकारात्मक माहोल देखिएको छ। अघिल्लो दिन घटेर बन्द भएको नेप्से परिसूचक यस दिन भने सुधारिँदै हरियो संकेतमा बन्द भएको हो। यस दिन नेप्से परिसूचक २२.२१…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं,साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा सकारात्मक माहोल देखिएको छ। अघिल्लो दिन घटेर बन्द भएको नेप्से परिसूचक यस दिन भने सुधारिँदै हरियो संकेतमा बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २२.२१ अंकले वृद्धि भएर २७७७.५८ विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इण्डेक्स २.७८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले उकालो लागेको छ।

बजार बढेसँगै लगानीकर्ताको आकर्षण विशेषगरी वित्त कम्पनीहरूतर्फ केन्द्रित भएको देखिन्छ। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने केवल एक उपसमूहमा सामान्य गिरावट देखिएको छ। वित्त उपसमूह सबैभन्दा बढी ६.०३ प्रतिशतले उकालो लागेको छ। अन्य उपसमूह करिब ४ प्रतिशतले बढ्दा व्यापार र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह भने यस दिन सामान्य घटेको छ।

नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने कमी आएको छ। सोमबार ५ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ। कुल ३४६ कम्पनीका ६१ हजार ५२७ पटकका कारोबारमार्फत १ करोड १३ लाख ८५ हजार कित्ता शेयर किनबेच भएका छन्।

यस दिन कालिन्चोक हाइड्रोपावर को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ६४ रुपैयाँ ९० पैसाले बढेर ४९८ रुपैयाँ २० पैसामा पुगेको छ। त्यस्तै सेन्ट्रल फाइनान्स को शेयर मूल्य १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स को शेयर पनि १० प्रतिशतभन्दा बढीले उकालो लागेको छ। गिरावट हुने शेयरहरूको दर भने ५ प्रतिशतभन्दा कममा सीमित रहेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै ४६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनी को २६ करोड रुपैयाँभन्दा बढी र रिडी पावर कम्पनी को कारोबार रकम पनि २६ करोड रुपैयाँ नाघेको छ।

समग्रमा बजार सकारात्मक देखिए पनि कारोबार रकम घट्नुले लगानीकर्तामा अझै केही सतर्कता कायम रहेको संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/