Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बजेटअघिको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार ६ अर्ब नाघ्यो

काठमाडौँ ,आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि भएको अन्तिम कारोबार दिन सेयर बजार सकारात्मक बनेर बन्द भएको छ। अघिल्लो दिन सामान्य गिरावट देखिएको बजार यस दिन भने सुधारतर्फ फर्किएको हो। यस…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ ,आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि भएको अन्तिम कारोबार दिन सेयर बजार सकारात्मक बनेर बन्द भएको छ। अघिल्लो दिन सामान्य गिरावट देखिएको बजार यस दिन भने सुधारतर्फ फर्किएको हो।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक ४.९९ अंकले वृद्धि हुँदै २७८२.१० विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढ्दा फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै ०.४३ अंकले उकालो लागेका छन्।

कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो दिनको तुलनामा बढ्दै बजारमा कुल ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ३५४ कम्पनीका १ करोड ५२ लाखभन्दा बढी कित्ता शेयर ६० हजारभन्दा बढी पटक किनबेच भएका छन्।

यस दिन कालिञ्चोक हाइड्रोपावर को शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशतले उकालो लाग्यो। त्यस्तै, बुंगल हाइड्रो मा १३ प्रतिशतभन्दा बढी वृद्धि हुँदा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स को शेयर पनि साढे ८ प्रतिशतले बढेको छ।
यता, सानिमा डिबेञ्चर २०८९ को मूल्य भने ६.६४ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावटमा परेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि रिडी पावर कम्पनी को ४३ करोड रुपैयाँभन्दा बढी र नेशनल हाइड्रोपावर को ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहगत रुपमा हेर्दा १३ मध्ये ९ उपसमूह हरियालीमा बन्द भएका छन् भने ४ उपसमूहमा गिरावट देखिएको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहमा सुधार देखिएको छ।

समग्रमा, बजेटअघिको अन्तिम दिन लगानीकर्ताको मनोबल सकारात्मक देखिँदा बजारमा उत्साहजनक सुधार देखिएको विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/