Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एभरेष्ट कलरले जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं — एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ निष्काशन गर्न लागेको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ निष्काशन गर्न लागेको हो।

यस कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने ७९ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ। अब बाँकी शेयरमध्ये ५ प्रतिशतले हुन आउने ३९ हजार ५०० कित्ता सामूहिक लागनी कोषहरूका लागि र २ प्रतिशतले हुन आउने १५ हजार ८०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यसमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्काशन बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गते हुनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/