Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साताभर उतारचढावबीच नेप्से २६.५६ अंकले बढेर बन्द

काठमाडौं - साताभरको उतारचढावपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक समग्रमा २६.५६ अंकले बढेर बन्द भएको छ। बजारमा मिश्रित प्रवृत्ति देखिए पनि साताको अन्तिम दिनको सुधारले लगानीकर्ताको मनोबल केही बलियो बनेको देखिएको छ।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताभरको उतारचढावपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक समग्रमा २६.५६ अंकले बढेर बन्द भएको छ। बजारमा मिश्रित प्रवृत्ति देखिए पनि साताको अन्तिम दिनको सुधारले लगानीकर्ताको मनोबल केही बलियो बनेको देखिएको छ।

यो साता पाँच कारोबार दिनमध्ये दुई दिन बजार बढ्दा तीन दिन घटेको थियो। साताको सुरुवातदेखि नै नेप्सेमा सामान्य दबाब देखिए पनि बुधबार र शुक्रबारको उल्लेखनीय सुधारले समग्र सूचकलाई हरियो बनाएको हो।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा बन्द भएको थियो। मंगलबार पनि बजारमा गिरावट जारी रहँदा परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको थियो।

तर बुधबार भने बजारमा उल्लेखनीय सुधार देखियो। त्यस दिन नेप्से ३०.८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको थियो। लगानीकर्ताको सक्रियता बढेसँगै कारोबार रकम पनि उल्लेख्य रह्यो।

बिहीबार पुनः बजारमा करेक्सन देखिँदा नेप्से १२.३६ अंकले घटेको थियो। यद्यपि साताको अन्तिम कारोबार दिन शुक्रबार बजार पुनः सकारात्मक बन्दै १६.३८ अंकले बढेर बन्द भयो।

कारोबार रकमतर्फ भने गत साताको तुलनामा केही कमी आएको छ। यस साता कुल करिब १५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जबकि अघिल्लो साता १७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।

दिनअनुसार कारोबार रकम हेर्दा सोमबार २ अर्ब ४२ करोड रुपैयाँको शेयर किनबेच भएको थियो। मंगलबार कारोबार रकम २ अर्ब ९१ करोड रुपैयाँ पुगेको थियो। बुधबार र बिहीबार समान ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने शुक्रबार सबैभन्दा बढी ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/