spot_img
28.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेप्सेमा गिरावट, कारोबार रकम भने बढ्दो

नेप्सेमा गिरावट, कारोबार रकम भने बढ्दो

काठमाडौं ।  आज बिहीबार सेयर बजारमा गिरावट देखिएको छ। अघिल्लो दिन सामान्य सुधार देखिएको बजार यस दिन पुनः ओरालो लागेको हो।

यस दिन नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा कायम भएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५७ अंकले घट्दा फ्लोट इण्डेक्स ०.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंकले घटेका छन्।

परिसूचक घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल ३४८ कम्पनीका ८९ लाख ५५ हजार कित्ता सेयर ४४ हजार ७४४ पटकको कारोबारमा किनबेच भएका हुन्।

यस दिन बजारमा सीमित कम्पनीहरूको मात्र मूल्य बढेको देखिएको छ। मूल्य बढेका शीर्ष १० कम्पनीमध्ये अधिकांश ऋणपत्र परेका छन्। बुंगल हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लाग्दा केही कम्पनीमा तीव्र गिरावट देखिएको छ। अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९५ प्रतिशतले घटेको छ भने झापा इनर्जीको मूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको करिब १७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, रिडी पावर र बुंगल हाइड्रोपावरमा पनि उल्लेख्य कारोबार भएको देखिन्छ।

उपसमूहगत रूपमा हेर्दा अधिकांश सूचकहरू घटेका छन्। १३ उपसमूहमध्ये केवल म्युचुअल फण्ड समूहमा सामान्य वृद्धि देखिएको छ भने व्यापार समूह स्थिर रहेको छ। होटल तथा पर्यटन समूहमा सबैभन्दा ठूलो गिरावट देखिँदै ६८.३३ अंकले घटेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here