spot_img
24.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारइन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं — इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड ले आजदेखि संस्थापक समूहको २४ हजार ६२९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

कम्पनीका अनुसार उक्त शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखिएको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्री प्रक्रिया खुला गरिएको हो।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन पेश गर्न सक्नेछन्।

लघुवित्तले बिक्रीमा राखिएको शेयर सम्बन्धी थप विवरण तथा आवश्यक कागजातबारे जानकारी कम्पनीको कार्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here