Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बन्द गरिने

काठमाडौं — सानिमा क्यापिटल लिमिटेडले वैशाख २४ गतेदेखि बिक्री खुला गरिरहेको सानिमा इक्विटी फण्ड–२ को इकाई आजदेखि बन्द गर्ने भएको छ। आज साँझ बैंकिङ्ग समयपश्चात् आवेदन लिने कार्य बन्द गर्न लागिएको हो।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — सानिमा क्यापिटल लिमिटेडले वैशाख २४ गतेदेखि बिक्री खुला गरिरहेको सानिमा इक्विटी फण्ड–२ को इकाई आजदेखि बन्द गर्ने भएको छ। आज साँझ बैंकिङ्ग समयपश्चात् आवेदन लिने कार्य बन्द गर्न लागिएको हो।

यसअघि वैशाख २९ गतेसम्म निष्काशन गर्ने भनिएकोमा न्यून आवेदन परेपछि जेठ ७ गतेसम्म अवधि थपिएको थियो। तर सोअगावै मागभन्दा बढी मात्रामा आवेदन परेकाले आज बन्द गर्न लागिएको हो। यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो।

यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा आएको छ। निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंक लिमिटेडलाई र २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ।

यसरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिन्छ। यसमा योजना व्यवस्थापक/धितोपन निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/