Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भुजुङ्ग हाइड्रोपावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

काठमाडौं — भुजुङ्ग हाइड्रोपावर लिमिटेड ले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी जेठ २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — भुजुङ्ग हाइड्रोपावर लिमिटेड ले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी जेठ २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।

सभा बुधबार बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट प्रालि मा बस्नेछ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण तथा नाफा–नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ। साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

त्यसैगरी संस्थापक समूहबाट पाँच जना तथा सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक चयन गर्ने एजेन्डा पनि रहेको छ। सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने तथा प्रमुख कार्यकारी अधिकृत, स्वतन्त्र सञ्चालक र कम्पनी सचिवको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावलीका केही दफा संशोधन गर्ने विषय समेटिएको छ। साथै सञ्चालक समितिका अध्यक्ष, सदस्य, कम्पनी सचिव तथा आमन्त्रित विज्ञ सदस्यहरूको बैठक भत्ता र भ्रमण भत्तामा वृद्धि गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज मा कारोबार भई आफ्नो नाममा शेयर कायम भएका शेयरधनीहरूले मात्र सभामा सहभागी भई मतदान गर्न पाउनेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/