Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं — स्नो रिभर्स लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — स्नो रिभर्स लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबरको १८ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि तथा ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर यसअघि नै बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।

त्यस्तै, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी वितरण सम्पन्न गरिएको छ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो। उक्त शेयरको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ १ गते तोकिएको छ भने आवश्यक आवेदन नपरेमा ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओलाई इक्रा नेपाल ले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

स्नो रिभर्सले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना को कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्ष २ महिना बाँकी रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष रहेको छ भने डिस्काउन्ट अवधिमा लगानी फिर्ता हुने समय १५.७७ वर्ष अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/