Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से ३८ अंकले उकालो लाग्दा कारोबार ४ अर्ब ६१ करोड नाघ्यो

काठमाडौं — साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको छ। लगानीकर्ताको उत्साह बढेसँगै कारोबार रकम…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको छ। लगानीकर्ताको उत्साह बढेसँगै कारोबार रकम र सूचक दुवैमा सकारात्मक संकेत देखिएको हो।

आज कुल १ करोड ४ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। पछिल्ला दिनको तुलनामा कारोबार रकममा समेत उल्लेखनीय वृद्धि भएको देखिएको छ।

नेप्सेका अनुसार सोमबार २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ। यस्तै ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बजारमा अधिकांश उपसमूह हरियाली देखिएपछि लगानीकर्तामा सकारात्मक मनोविज्ञान विकसित भएको विश्लेषण गरिएको छ।

आजको कारोबारमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै १४.१९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कुमारी धनवृद्धि योजनाको मूल्य ११.३७ प्रतिशतले बढेको छ। अन्य कम्पनीहरूको शेयर मूल्य पनि अधिकतम ८.४३ प्रतिशतसम्मले बढेको देखिएको छ।

यता, घट्ने शेयरहरूको गिरावट भने सीमित देखिएको छ। सोमबार अधिकतम २.८७ प्रतिशतसम्म मात्रै शेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि नेशनल हाइड्रो पावर कम्पनीको १७ करोड, एसवाई प्यानलको १६ करोड तथा रिडी पावर कम्पनीको १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/