Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं — बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत २२ गतेदेखि हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत २२ गतेदेखि हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। उक्त हकप्रदमा माघ २९ गतेसम्म कायम रहेका साविक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेड ले ‘आईआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको रहेको संकेत गर्दछ।

हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/