Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन पावर पार्टनरको हकप्रद शेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं — हिमालयन पावर पार्टनर लिमिटेड ले आफ्ना विद्यमान शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि जेठ ६ गतेसम्म कायम रहने भएको छ। कम्पनीले गत चैत ९ गतेसम्म कायम रहेका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — हिमालयन पावर पार्टनर लिमिटेड ले आफ्ना विद्यमान शेयरधनीहरूका लागि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि जेठ ६ गतेसम्म कायम रहने भएको छ।

कम्पनीले गत चैत ९ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि १ः०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २६ हजार ८५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको जनाएको छ।

उक्त हकप्रद शेयर निष्कासन प्रक्रिया वैशाख १७ गतेदेखि सुरु भएको थियो। कम्पनीका अनुसार योग्य शेयरधनीहरूले आगामी जेठ ६ गते बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी Global IME Capital Limited ले सम्हालिरहेको छ।

कम्पनीले तोकिएको समयभित्र आवेदन प्रक्रिया पूरा गर्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/