Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा आज, ७ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरिने

काठमाडौं — युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औं वार्षिक साधारणसभा आज वैशाख २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औं वार्षिक साधारणसभा आज वैशाख २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।

सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसैगरी, कम्पनीको नाम परिवर्तन गर्ने, हकप्रद शेयर निष्काशनका लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू अनुमोदन गर्नेछ। साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरिनेछ।

कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकको निर्वाचन गर्ने तथा अन्य सम्भावित लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी विस्तार गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ४ गते बुक क्लोज गरिसकेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/