Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मेरोमाइक्रोफाइनान्सको ३ हजार ७१४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं — मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले आजदेखि संस्थापक समूहको शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। संस्थाका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको स्वामित्वमा रहेको ३ हजार ७१४ कित्ता संस्थापक शेयर बिक्रीमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले आजदेखि संस्थापक समूहको शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। संस्थाका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको स्वामित्वमा रहेको ३ हजार ७१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता हाल कायम रहेका संस्थापक शेयरधनीलाई दिइएको छ। विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले संस्थाको सम्पर्क कार्यालय सितापाइला, काठमाडौंमा आवश्यक कागजातसहित आवेदन दिनुपर्ने जनाइएको छ। निर्धारित अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री प्रक्रिया खुला गरिने सम्भावना रहेको संस्थाले जनाएको छ।

लघुवित्त क्षेत्रमा सक्रिय मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड को संस्थापक शेयर बिक्रीले लगानीकर्तामाझ चासो बढाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/