Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सर्वाेत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं — सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २१ गतेदेखि पहिलो चरणअन्तर्गत विदेशमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले वैशाख २१ गतेदेखि पहिलो चरणअन्तर्गत विदेशमा कार्यरत नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। आवेदन आज बैंकिङ समयभित्र पेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ८ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको जनाएको छ।

जारी गरिएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसअन्तर्गत श्रम स्वीकृति प्राप्त नेपालीहरूले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/