Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से सामान्य गिरावटमा बन्द, कारोबार ३ अर्ब नजिक

काठमाडौं — नेपालको सेयर बजार बुधबार सामान्य गिरावटसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १.६४ अंकले घटेर २७११.२२ विन्दुमा कायम भएको हो। आज बजारमा कुल ३ अर्ब १९ करोड…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालको सेयर बजार बुधबार सामान्य गिरावटसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १.६४ अंकले घटेर २७११.२२ विन्दुमा कायम भएको हो।

आज बजारमा कुल ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा केही कमी हो। दिनभरिमा ३३६ कम्पनीका ७१ लाख ३१ हजार कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ। यस्तै १५ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको २२ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स को १६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनी फरवार्ड माइक्रोफाइनान्स रहेको छ, जसका लगानीकर्ताले १३.७४ प्रतिशतसम्म नाफा कमाएका छन्। त्यस्तै अप्पर लोहोरे खोला हाइड्रोपावर का लगानीकर्ताले ५.९५ प्रतिशतले लाभ उठाएका छन्।

यसैगरी, सबैभन्दा बढी घाटा व्यहोर्ने कम्पनी भगवती हाइड्रोपावर डेभलपमेन्ट रहेको छ, जसका लगानीकर्ताले ८.९० प्रतिशतसम्म घाटा बेहोर्नुपरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/