Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईपीओ निष्काशन गर्दै याम्बालिङ्ग हाइड्रोपावर, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

काठमाडौं - याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि आईपीओ खुला गर्ने तयारी गरेको…


विज्ञापनAdvertisement Banner
2 min read
Road sign - "IPO ahead"

काठमाडौं – याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि आईपीओ खुला गर्ने तयारी गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

आयोजना प्रभाविततर्फ सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीतर्फ भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली नागरिकहरूले आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

आईपीओ आवेदन गर्दा आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म माग गर्न सक्नेछन्। त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन छिटोमा चैत २२ गते बन्द हुनेछ भने मागअनुसार नभरेको खण्डमा ढिलोमा वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीतर्फ भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित स्थानीयले सिन्धुपाल्चोकस्थित याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। साथै सिन्धु विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेडको जुगल गाउँपालिकास्थित शाखा तथा सिन्धु विकास बैंकको चौतारास्थित शाखाबाट पनि आवेदन फाराम प्राप्त गरी बुझाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/