Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालिन्चोक हाइड्रोपावरको आइपीओ भर्ने म्याद स्थानीयका लागि चैत १२ सम्म थपियो

काठमाडौं — कालिन्चोक हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरिएको आइपीओ (प्राथमिक सार्वजनिक निष्कासन) भर्ने म्याद थप गरेको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार अब आयोजना प्रभावित…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कालिन्चोक हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरिएको आइपीओ (प्राथमिक सार्वजनिक निष्कासन) भर्ने म्याद थप गरेको छ।

धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार अब आयोजना प्रभावित स्थानीयहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि उक्त मितिभन्दा अगाडि नै मागभन्दा बढी आवेदन परेमा सूचना जारी गरेर निष्कासन बन्द गरिने पनि जनाएको छ।

कम्पनीले फागुन १३ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको आइपीओ भने फागुन १७ गते नै निष्कासन बन्द भइसकेको छ।

कालिन्चोक हाइड्रोपावरले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। त्यसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।

यो आइपीओमा दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन्। स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दाले धितोपत्र बिक्री प्रबन्धकको कार्यालयका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिंगटी शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/