Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन पावर पार्टनरलाई १:०.५ अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं - नेपाल धितोपत्र बोर्डले हिमालयन पावर पार्टनर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको १ः०.५ अनुपातमा हकप्रद…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल धितोपत्र बोर्डले हिमालयन पावर पार्टनर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।

यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबर हुनेछ।

हकप्रद शेयर बिक्री पश्चात कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। यो हकप्रद शेयर हालका शेयरधनीहरूलाई प्राथमिकताका आधारमा उपलब्ध गराइनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/