Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप, चैत १० सम्म आवेदन दिन सकिने

काठमाडौं - एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ। यसअघि फागुन ११ गतेदेखि खुला गरिएको आईपीओमा अब चैत…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ। यसअघि फागुन ११ गतेदेखि खुला गरिएको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको छ। सो मध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

स्थानीय बासिन्दाबाट पर्याप्त आवेदन नपरेपछि कम्पनीले आवेदन दिने अवधि थप गरेको हो। उक्त आईपीओमा प्रभावित क्षेत्रका योग्य स्थानीय बासिन्दाले तोकिएका बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/