spot_img
22.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तबालेन सरकारले ल्यायो रुपान्तरणकारी नीति तथा कार्यक्रम (पूर्णपाठ)

बालेन सरकारले ल्यायो रुपान्तरणकारी नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका छन्। आम निर्वाचनमा दुई तिहाइ बहुमतसहित विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलोपटक आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा डिजिटल शासनलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी कार्यक्रम अघि सारेको जनाएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने तथा युवालाई उद्यमशीलतासँग जोड्ने नीति लिएको छ। त्यसैगरी कृषि उत्पादन वृद्धि, ऊर्जा निर्यात विस्तार तथा पर्यटन प्रवर्द्धनलाई पनि आगामी वर्षको मुख्य प्राथमिकतामा राखिएको छ।

नीति तथा कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र सुधारका लागि नियमन प्रभावकारी बनाउने, लगानीमैत्री वातावरण तयार गर्ने तथा पूँजी बजारलाई थप व्यवस्थित बनाउने उल्लेख गरिएको छ। साथै, स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै विकास आयोजनाको कार्यान्वयनमा तीव्रता दिने सरकारको योजना रहेको छ।

विगतमा सरकारले नीति तथा कार्यक्रम घोषणा गरे पनि कार्यान्वयनमा कमजोर देखिएको आलोचना हुँदै आएको छ। तर, यसपटक बलियो जनादेश प्राप्त सरकार भएकाले घोषणा गरिएका कार्यक्रम कार्यान्वयन हुने अपेक्षा गरिएको राजनीतिक वृत्तमा चर्चा छ।

सरकारले आगामी बजेटमार्फत नीति तथा कार्यक्रममा समेटिएका योजनालाई कार्यान्वयनमा लैजाने तयारी गरिरहेको जनाएको छ।

फाइनल-नीति-तथा-कार्यक्रम-20830128_260511_170827

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here