spot_img
29.6 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तब्याजदर सस्तिएसँगै ऋण लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत...

ब्याजदर सस्तिएसँगै ऋण लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत आवासीय कर्जा ?

काठमाडौं — पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जामा ३ खर्ब ६० अर्ब ५ करोड ४२ लाख रुपैयाँ प्रवाह गरेका छन्।

यो रकम गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १०.६६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जा मार्फत ३ खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

हाल नेपालमा ३ करोड रुपैयाँसम्मको घर कर्जालाई व्यक्तिगत आवासीय कर्जाको रूपमा गणना गरिन्छ । ३ करोड रुपैयाँभन्दा माथिको घर कर्जा भने रियल इस्टेट कर्जामा वर्गीकृत गरिन्छ । पछिल्लो समय ३ करोड रुपैयाँसम्मको आवासीय कर्जामा उल्लेख्य वृद्धि भएको पाइन्छ । निरन्तर घटी रहेको ब्याजदरलाई मौका छोप्दै घर बनाउन ऋण लिनेको सख्या वृद्धि भइरहेको हो ।

यसअवधिमा सर्वाधिक आवासीय कर्जा प्रभाव गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । समिक्षा अवधिसम्ममा बैंकले ४६अर्ब ५२ करोड ५६ लाख रुपैयाँ कर्जा दिएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.४८ प्रतिशतले बढी हो ।

सर्वाधिक घर कर्जा दिने दोस्रो नम्बरमा रहेको एनआईसी एशिया बैंकले ३९ अर्ब ८४ करोड रुपैयाँ प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १८.२० प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत आवासीय कर्जा २०.८३ प्रतिशतले बढेर ३४ अर्ब ६५ करोड, नबिल बैंकको १२.८८ प्रतिशतले बढेर ३१ अर्ब १ करोड, एभरेष्ट बैंकको १५.१६ प्रतिशतले बढेर २६ अर्ब ५५ करोड, एनएमबि बैंकको ३३.१६ प्रतिशतले बढेर २३ अर्ब ४८ करोड, लक्ष्मी सनराइज बैंकको १५.४० प्रतिशतले बढेर २१ अर्ब १० करोड, सिद्धार्थ बैंकको ३५.५४ प्रतिशतले बढेर १९ अर्ब ३५ करोड, प्रभु बैंकको ५.०६ प्रतिशतले बढेर १४ अर्ब १२ करोड, सानिमा बैंकको ३३.५० प्रतिशतले बढेर १३ अर्ब ६५ करोड र नेपाल बैंकको १९.४५ प्रतिशतले बढेर १३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

यता, व्यक्तिगत आवासीय कर्जा कुमारी बैंकको ६.४४ प्रतिशतले घटेको छ भने कृषि विकास बैंकको समेत १४.९४ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिसम्ममा व्यक्तिगत आवासीय कर्जा सिटिजन्स बैंकले ११ अर्ब १३ करोड, प्राइम बैंकले ९ अर्ब ९३ करोड, स्टान्र्डड चार्टड बैंले ९ अर्ब ७६ करोड, कृषि विकास बैंकले ९ अर्ब २५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ अर्ब ८३ करोड, माछापुच्छ्रे बैंकले ७ अर्ब २३ करोड, हिमालयन बैंकले ५ अर्ब ६८ करोड र नेपाल एसबिआई बैंकले ३ अर्ब १८ करोड रुपैयाँ प्रवाह गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here