Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

काठमाडौं — वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै अधिकांश बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। असार १ गतेदेखि लागू हुने गरी व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै अधिकांश बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। असार १ गतेदेखि लागू हुने गरी व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर कटौती गरिएको हो।

नेपालका २० वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर असारमा ४.२७ प्रतिशत कायम भएको छ। जेठ महिनामा यो दर ४.३४ प्रतिशत रहेको थियो। यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ औसत ब्याजदर ३.१८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो महिनाको ३.२० प्रतिशतभन्दा कम हो।

असार महिनाका लागि सात वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन्। यी बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा क्रमशः ३.९१ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याजदर राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले प्रदान गर्ने भएका छन्। त्यसपछि नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यसैगरी, नेपाल बैंक र नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत तथा एभरेष्ट बैंक र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदर कायम राखेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/