spot_img
20.4 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्त१० महिनामा वाणिज्य बैंकको नाफा साढे ५६ अर्ब, नबिल अग्रस्थानमा हुँदा आक्रामक...

१० महिनामा वाणिज्य बैंकको नाफा साढे ५६ अर्ब, नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी

काठमाडौं — चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा वाणिज्य बैंकले झण्डै साढे ५६ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ५६ अर्ब ४७ करोड ५० लाख ३ हजार रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १८.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

चालु आर्थिक वर्षको तथ्याङलाई हेर्दा १३ बैंकहरु बढेको छ भने ७ बैंकको नाफा घटेको छ ।

यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले पछिल्लो १० महिनामा नाफा ३६.३७ प्रतिशतले बढाएर ७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ५ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा ३.०७ प्रतिशतले घटेर ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडी देखिएका छन् । कुमारीको नाफा ८३३ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड पुगेको छ भने राष्ट्रिय वाणिज्यको ८१.६४ प्रतिशतले बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।

बैशाख मसान्तसम्मको अवधिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २४ प्रतिशतले घटेर ३ अर्ब ८० करोड, एभरेष्ट बैंकको ५ प्रतिशतले घटेर ३ अर्ब ७० करोड, प्राइम बैंकको ३१ प्रतिशतले बढेर ३ अर्ब ४० करोड, एनएमबि बैंकको १९.९३ प्रतिशतले बढेर ३ अर्ब १४ करोड, नेपाल बैंकको ९ प्रतिशतले घटेर २ अर्ब ९८ करोड, सानिमा बैंकको ४३ प्रतिशतले बढेर २ अर्ब ६८ करोड, लक्ष्मी सनराइज बैंकको १४ प्रतिशतले बढेर २ अर्ब ४६ करोड, सिद्धार्थ बैंकको १८ प्रतिशतले बढेर २ अर्ब ३८ करोड र स्टान्र्डड चार्टड बैंकको ०.४२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

यता, माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८८ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब ६८ करोड, कृषि विकास बैंकको १ अर्ब ५९ करोड, सिटिजन बैंकको १ अर्ब ४९ करोड, प्रभु बैंकको १ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

हिमालयन बैंक र एनआईसी एशिया बैंकको नाफा भने सबैभन्दा कम रहेको छ । हिमालयन बैंकको नाफा १७ प्रतिशतले बढे पनि ८० करोड २८ लाख रुपैयाँमा सीमित रहेको छ । साथै, एनआईसी एशिया बैंकका भने निरन्तर संकटमा पर्दै गइरहेको देखिएको छ । कम्पनीको नाफा विकास बैंकको नाफा भन्दा तल रहेको देखिएको हो । समिक्षा अवधिमा बैंकको नाफा ३०.४४ प्रतिशतले घटेर ३३ करोड रुपैयाँमा खुम्चिएको हो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here