Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैंकहरूले आफ्ना कर्मचारीहरूमा कति खर्च गर्छन् ?

काठमाडौं — नेपालका वाणिज्य बैंकहरूले कर्मचारी तलब, सुविधा तथा अन्य मानव स्रोत व्यवस्थापनमा अर्बौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्मको तथ्यांकअनुसार सरकारी स्वामित्वका तथा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालका वाणिज्य बैंकहरूले कर्मचारी तलब, सुविधा तथा अन्य मानव स्रोत व्यवस्थापनमा अर्बौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्मको तथ्यांकअनुसार सरकारी स्वामित्वका तथा ठूलो शाखा सञ्जाल भएका बैंकहरू कर्मचारी खर्चमा अगाडि देखिएका छन्।

तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंक कर्मचारी खर्चमा सबैभन्दा अगाडि रहेको छ। बैंकले कर्मचारी व्यवस्थापनमा करिब ३ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ। दोस्रो स्थानमा रहेको नबिल बैंकले ३ अर्ब २० करोड ५० लाख रुपैयाँ खर्च गरेको छ भने ग्लोबल आइएमई बैंकले ३ अर्ब ९ करोड ९० लाख रुपैयाँ खर्च गरेको देखिन्छ।

त्यसैगरी नेपाल बैंकको कर्मचारी खर्च ३ अर्ब ४ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ।

मध्यम समूहका बैंकहरूमध्ये कुमारी बैंकले २ अर्ब ७८ करोड १७ लाख रुपैयाँ, कृषि विकास बैंकले २ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ तथा हिमालयन बैंकले २ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ खर्च गरेका छन्।

त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कर्मचारी खर्च २ अर्ब ४० करोड ६० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २ अर्ब २५ करोड ६ लाख रुपैयाँ र सिद्धार्थ बैंकको २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ रहेको छ।

अन्य बैंकहरूमा एनएमबी बैंकले १ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ६० करोड रुपैयाँ तथा सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ खर्च गरेका छन्।

कम कर्मचारी खर्च गर्ने बैंकहरूमध्ये सानिमा बैंकले १ अर्ब २८ करोड ६५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड ९७ लाख रुपैयाँ खर्च गरेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल सबैभन्दा कम खर्च गर्ने बैंक बनेको छ। बैंकको कर्मचारी खर्च ७७ करोड ६९ लाख रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *