Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लघुवित्त क्षेत्रमा खराब कर्जा संकट गहिरिँदै, १८ संस्थाको एनपीएल १० प्रतिशतभन्दा माथि

काठमाडौं — चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको छ। सार्वजनिक भएका वित्तीय विवरणअनुसार लघुवित्त क्षेत्रमा खराब कर्जाको दबाब तीव्र…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको छ। सार्वजनिक भएका वित्तीय विवरणअनुसार लघुवित्त क्षेत्रमा खराब कर्जाको दबाब तीव्र बन्दै गएको हो।

हालसम्म सूचीकृत ५० मध्ये ३४ लघुवित्त संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती विवरणअनुसार समग्र लघुवित्त क्षेत्रको औसत एनपीएल ११.३५ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ६.८७ प्रतिशत थियो। यसरी हेर्दा एक वर्षमै औसत खराब कर्जा ४.४८ प्रतिशत बिन्दुले वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिमा सबैभन्दा कम खराब कर्जा छिमेक लघुवित्तको रहेको छ। संस्थाको एनपीएल २.३२ प्रतिशतमा सीमित रहेको छ, जुन गत वर्षको २.६० प्रतिशतको तुलनामा सुधारिएको अवस्था हो। सपोर्ट लघुवित्तको ३.३१ प्रतिशत, गुराँस लघुवित्तको ३.४१ प्रतिशत तथा आरएसडीसी लघुवित्तको ३.४६ प्रतिशत एनपीएल रहेको छ।

त्यस्तै, साना किसान विकास लघुवित्तको एनपीएल ४.१२ प्रतिशत पुगेको छ भने फस्र्ट माइक्रोफाइनान्सको खराब कर्जा घटेर ४.३६ प्रतिशतमा झरेको छ। जीवन विकास लघुवित्तको ४.८० प्रतिशत तथा ग्रामीण विकास लघुवित्तको ४.९४ प्रतिशत एनपीएल रहेको छ। अभियान लघुवित्तको खराब कर्जा भने घटेर ५.१४ प्रतिशतमा आएको देखिन्छ।

मध्यम स्तरको खराब कर्जा भएका संस्थाहरूमा मानुषी लघुवित्तको ५.७८ प्रतिशत, सामुदायिक लघुवित्तको ६.७८ प्रतिशत तथा स्वरोजगार लघुवित्तको ७.०१ प्रतिशत एनपीएल रहेको छ। डिप्रोक्स लघुवित्तको खराब कर्जा घटेर ७.५२ प्रतिशतमा सीमित भएको छ भने महुली लघुवित्तको ८.१७ प्रतिशत पुगेको छ। ग्लोबल आइएमई लघुवित्तको ८.६९ प्रतिशत र आशा लघुवित्तको ९.८८ प्रतिशत एनपीएल रहेको देखिन्छ।

यसैबीच, १८ वटा लघुवित्त संस्थाको खराब कर्जा अनुपात १० प्रतिशतभन्दा माथि पुगेको छ। हिमालयन लघुवित्तको एनपीएल १०.०४ प्रतिशत, उपकार लघुवित्तको १०.७४ प्रतिशत तथा उन्नति सहकार्य लघुवित्तको ११.१२ प्रतिशत पुगेको छ।

आत्मनिर्भर लघुवित्तको एनपीएल भने घटेर ११.१७ प्रतिशतमा आएको छ। गत वर्ष यसको खराब कर्जा १५.०८ प्रतिशत थियो। निर्धन उत्थान लघुवित्तको १३.९५ प्रतिशत, कालिका लघुवित्तको १४.१४ प्रतिशत तथा गणपति लघुवित्तको १४.२९ प्रतिशत एनपीएल रहेको छ। समता घरेलु लघुवित्तको खराब कर्जा १५ प्रतिशत पुगेको छ भने एनएमबी लघुवित्तको १५.५० प्रतिशत रहेको छ।

त्यस्तै, एनआईसी एशिया लघुवित्तको खराब कर्जा अनुपात १६.५९ प्रतिशत पुगेको छ। सूर्योदय वोमी लघुवित्तको १७.९० प्रतिशत, मेरो माइक्रोफाइनान्सको १८.८४ प्रतिशत तथा फर्वार्ड माइक्रोफाइनान्सको १८.९१ प्रतिशत एनपीएल रहेको छ। युनिक नेपाल लघुवित्तको १९.५३ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको १९.७० प्रतिशत खराब कर्जा पुगेको देखिन्छ।

सबैभन्दा बढी खराब कर्जा इन्फिनिटी लघुवित्तको रहेको छ, जसको एनपीएल २३.९३ प्रतिशत पुगेको छ। धौलागिरि लघुवित्तको खराब कर्जा पनि २३.६२ प्रतिशत पुगेको छ भने नेस्डो समृद्ध लघुवित्तको २१.३४ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/