spot_img
21.7 C
Kathmandu
spot_img
Homeसमाचारविश्व

विश्व

बग्दादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौं — इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार ड्रोन आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन्। विस्फोटको आवाजसँगै दूतावास परिसरबाट कालो धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। समाचार संस्था एएफपीका अनुसार दूतावास परिसरमा ड्रोनमार्फत आक्रमण गरिएको दुई सुरक्षा अधिकारीहरूले बताएका छन्। घटनाबारे अमेरिकी दूतावासले भने तत्काल कुनै...

१४ वर्षपछि पृथ्वीमा खस्दै नासाको ६०० केजीको भूउपग्रह

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०१२ मा प्रक्षेपण गरेको ‘भ्यान एलेन प्रोब ए’ नामक करिब ६०० किलोग्राम तौलको अन्तरिक्ष यान १४ वर्षपछि पुनः पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अनुमान गरिएको छ। अमेरिकी स्पेस फोर्सका अनुसार यो यान बुधबार बिहान पृथ्वीको वायुमण्डलमा खस्न सक्ने...

ट्रम्पको संकेतपछि विश्व बजारमा तेलको भाउ घट्यो, एसियाली सेयर बजारमा सुधार

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। मंगलबार बिहान एसियाली बजारमा कारोबार हुँदा तेलको मूल्य उल्लेखनीय रूपमा ओरालो लागेको हो। विश्व बजारको मानक मानिने ब्रेन्ट क्रुडको मूल्य करिब ८.५ प्रतिशतले...

भारतका प्रधानमन्त्री मोदीद्वारा रास्वपाका नेता रवि र बालेनसँग टेलिफोन संवाद

काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोनमार्फत संवाद गरेका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष  लामिछाने र वरिष्ठ नेता बालेनसँग भएको कुराकानीलाई सौहार्दपूर्ण रहेको बताएका छन्। साथै उनले नेपालमा सम्पन्न निर्वाचनमा राष्ट्रिय...

इरान–मध्यपूर्व तनाव चर्किँदा कच्चा तेलको मूल्य आकासियो, विश्व बजारमा ऊर्जा संकटको चिन्ता

लण्डन - मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो भू–राजनीतिक तनाव र इरानसँगको युद्ध चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो। सोमबार एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य करिब १५.५...

इरानमाथि आक्रमणपछि क्रिप्टो बजारमा हलचल, तीन दिनमा १ करोड डलरभन्दा बढी रकम बाहिरियो

काठमाडौं - इरानमाथि अमेरिका र इजरायलले गरेको पछिल्लो सैन्य आक्रमणपछि त्यहाँको क्रिप्टोकरेन्सी बजारमा उल्लेख्य उतारचढाव देखिएको छ। आक्रमण सुरु भएको केही घण्टामै इरानी क्रिप्टो एक्सचेन्जहरूबाट ठूलो परिमाणमा डिजिटल सम्पत्ति बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ब्लकचेन विश्लेषण गर्ने बेलायती संस्था Ellipticका अनुसार शनिबारदेखि सोमबारसम्म इरानका विभिन्न...