Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भारतका प्रधानमन्त्री मोदीद्वारा रास्वपाका नेता रवि र बालेनसँग टेलिफोन संवाद

काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोनमार्फत संवाद गरेका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष  लामिछाने र वरिष्ठ नेता…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोनमार्फत संवाद गरेका छन्।

प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष  लामिछाने र वरिष्ठ नेता बालेनसँग भएको कुराकानीलाई सौहार्दपूर्ण रहेको बताएका छन्। साथै उनले नेपालमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलताका लागि दुवै नेतालाई बधाई दिएका छन्।

मोदीले आगामी दिनमा बन्ने नयाँ सरकारलाई शुभकामना दिँदै नेपालको समृद्धि, विकास तथा दुई देशका जनताको हितका लागि भारतले सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। साथै, संयुक्त प्रयासमार्फत पारस्परिक सहयोग, विकास र जनकल्याणका क्षेत्रमा थप उपलब्धि हासिल हुने अपेक्षा समेत व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/