काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएकाले आज मूल्यमा कुनै परिवर्तन आएको...
काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक समूहअन्तर्गतका सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले कुल ४२ हजार २३५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको जनाएको छ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकताका आधारमा खरिदका लागि अवसर दिइएको थियो। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेपछि कम्पनीले...
काठमाडौं - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक समूहअन्तर्गतका २ लाख ४२ हजार ६४८ कित्ता शेयर बिक्रीमा राखेको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिनुपर्नेछ।
शेयर खरिदका लागि आवेदन...
काठमाडौं - कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले फागुन १३ गतेदेखि १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन प्रक्रिया सुरु गरेको हो।
जारी गरिएको कुल शेयरमध्ये ५ लाख ५० हजार कित्ता आयोजना...
काठमाडौं - नेपाल राष्ट्र बैंक ले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १०...
काठमाडौं - Tata Nexon जनवरी २०२६ मा भारतको सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ। भारतीय सवारी बजारसम्बन्धी सार्वजनिक तथ्यांकअनुसार नेक्सनले मासिक बिक्रीमा पहिलो स्थान हासिल गर्दै प्रतिस्पर्धी मोडेलहरूलाई पछि पारेको हो।
निर्माता कम्पनी Tata Motorsका अनुसार जनवरी महिनामा नेक्सनका कुल २३ हजार ३६५ युनिट...