Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

काठमाडौं — याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता साधारण…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। सोमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ भने २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ।

आयोजना प्रभावित अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। त्यसैगरी, नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूले वैदेशिक कोटाअन्तर्गत आवेदन दिन पाउनेछन्।

स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता देखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार स्थानीयतर्फको आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीतर्फको आवेदन भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म कायम रहनेछ।

आवेदन प्रक्रिया सिन्धुपाल्चोकस्थित कम्पनीको कार्यालय, सिन्धु विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेडको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट सञ्चालन हुने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/