Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अनुगमनमा कैफियत: दुई फर्मलाई जरिवाना, ११ लाई सुधार निर्देशन

काठमाडौं - कानुनविपरीत व्यापार व्यवसाय सञ्चालन गरेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ। विभागले नियमित बजार अनुगमनका क्रममा त्रुटि फेला परेपछि काठमाडौं महानगरपालिका–सिनामंगलस्थित जमकटेल फर्मालाई २…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – कानुनविपरीत व्यापार व्यवसाय सञ्चालन गरेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ।

विभागले नियमित बजार अनुगमनका क्रममा त्रुटि फेला परेपछि काठमाडौं महानगरपालिका–सिनामंगलस्थित जमकटेल फर्मालाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। त्यसैगरी, भक्तपुरको सल्लाघारीमा रहेको ख्वप हार्डवेयरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

दुवै फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको पाइएपछि कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।

यसका साथै, अनुगमनकै क्रममा कैफियत देखिएका थप ११ फर्मलाई सुधार गर्न निर्देशन दिइएको छ। विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा नियमित रूपमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको जनाएको छ।

विभागले उपभोक्ताको हकहित संरक्षणका लागि अनुगमनलाई अझ प्रभावकारी बनाइने पनि उल्लेख गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/