Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्यमा निरन्तर पहिरो, आइतबार प्रतितोला कति ?

काठमाडौँ - अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपालमा पनि देखिँदा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ आइतबार एकैदिन उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपालमा पनि देखिँदा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ आइतबार एकैदिन उल्लेखनीय रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्दै दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा आएको यो गिरावट हालसम्मकै ठूलो दैनिक गिरावटमध्ये एक मानिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा आएको कमी तथा मूल्यमा देखिएको उतारचढावका कारण यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ।

यसैबीच, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घट्दै चार हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय आर्थिक गतिविधि, अमेरिकी डलरको मजबुती तथा लगानीकर्ताहरूको प्राथमिकतामा आएको परिवर्तनका कारण सुन तथा चाँदीको मूल्यमा गिरावट जारी रहन सक्ने संकेत देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/